श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बाग्मती प्रदेशमा चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने

बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा नागरिकको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार आउँदो आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गराइसकेको बाग्मती प्रदेश सरकारले असार १ गते बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।

आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाको भनाइ छ । बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा नागरिकको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उहाँले बताउनुभयो । उहाँका अनुसार बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी  प्रवर्द्धनलाई प्राथमिकता दिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार