काठमाण्डौंः स्थानीय बजारमा आइतबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेको हो।
शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। आज भने एक्कासि ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया