असार २१, २०८२ शनिबार July 5, 2025

एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत

उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गरेका थिए ।

यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गरेका थिए । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि.क.ले ३४८ मतसहित विजयी भएकी छन् ।

यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार