असोज २५, २०८१ शुक्रबार October 11, 2024

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ ।

यो सँगै गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ । सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद बिस्तार गरि आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा विश्वकप एसिया छनोट खेलमा जापानको विजयी यात्रा कायमै
२०८१ असोज २६, शनिबार
कास्कीको मर्दी हिमालमा सुदीपको शालिक निर्माण
२०८१ असोज २६, शनिबार
रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने
२०८१ असोज २५, शुक्रबार
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान
२०८१ असोज २५, शुक्रबार
ट्वीटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने
२०८१ असोज २५, शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको बस डबलगैरामा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
२०८१ असोज २५, शुक्रबार
सरकार पीडितलाई राहत र पुन व्यवस्थापन काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी
२०८१ असोज २५, शुक्रबार