असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

प्रधानमन्त्री, उपराष्ट्रपति , राष्ट्रिय सभा अध्यक्षले गरे राष्ट्रपति पौडेललाई बिदाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डाको जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ जेनेभा प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा मन्त्रीहरु पुग्नुभएको थियो ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्नुहुने बताइएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया