जेठ ३०, २०८२ शुक्रबार June 13, 2025

हेटौंडामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

घाइते क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको मृत्यु भएको छ।

मनहरीबाट चितवनतर्फ गइरहेको ना ७ ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाइते क्षेत्रीको उपचारका निम्ति चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया