असार ४, २०८१ मंगलबार June 18, 2024

असार महिनाका लागि बैङ्कले घटाए ब्याजदर

जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैङ्कमा हिमालयन, माछापुच्छ्रे र नबिल बैङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १ गते । पछिल्ला महिनामा लगातार ब्याजदर घटिरहेको सन्दर्भमा वाणिज्य बैङ्कहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

हाल सञ्चालनमा रहेका २० मध्ये ११ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने तीन बैङ्कले बढाएका छन् । यता छ बैङ्कले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैङ्कहरूले औसतमा ०.१२ प्रतिशत विन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैङ्कमा हिमालयन, माछापुच्छ्रे र नबिल बैङ्क रहेका छन् । यता प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैङ्कले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर असार महिनाका लागि ६.८७ प्रतिशत कायम भएको छ । जेठमा औसत ब्याजदर सात प्रतिशत रहेको छ । औसतमा हेर्दा बैङ्कहरूको ब्याजदर ०.१४ विन्दुले घटको छ ।

वाणिज्य बैङ्कहरूले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार बैङ्कहरूको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको छ ।

असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा हिमालयन बैङ्क रहेको छ । हिमालयनले व्यक्तिगत मुद्दतीमा ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै एनएमबी र एनआइसी एसिया बैङ्कले हिमालयनलाई पछ्याउँदै ७.६९ प्रतिशत ब्याज दिने भएका छन् । त्यसै गरी प्रभु र माछापुच्छ«े बैङ्कले ७.५० प्रतिशत ब्याज दिने भएका छन् । सर्वाधिक कम ब्याज दिनेमा कृषि विकास बैङ्क रहेको छ । कृषि विकास बैङ्कले सबैभन्दा कम व्यक्तिगत मुद्दती निक्षेपमा ५.६६ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याजदर तोकेको छ । जेठ महिनामा पनि बैङ्कले सोही दरमा ब्याज दिइरहेको थियो ।

ब्याजदर घटाउनेमध्येमा ग्लोबल आइएमई बैङ्कले सर्वाधिक एक प्रतिशत ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको बैङ्कको ब्याजदर असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबिच अन्तर बढीमा पाँच प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा एक प्रतिशत विन्दुले ब्याजदर कम गर्नु पर्छ । बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

राष्ट्र बैङ्कले बैङ्कलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारका रूपमा सोही वर्गका बैङ्कले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेपबाहेक) को औसत बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको छ ।

वर्तमान अवस्थामा बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै छ  भने कर्जा प्रवाह बढ्न सकेको छैन । बैङ्कहरूले ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्ने भएकाले कर्जाको ब्याजदर पनि घट्ने र त्यसले मुलुकको आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउनुका साथै सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्न सक्ने आकलन अर्थविद्हरूको रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार
कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु
२०८१ असार ४, मंगलबार