श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी वस्तुको बृहत् प्रदर्शनी सुरु

प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १ गते । ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशमा उत्पादित वस्तुहरूको बृहत् प्रदर्शनी सुरु भएको छ ।

घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँ र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्य रहेको तीनदिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरू प्रवर्धन तथा बिक्रीवितरणका लागि राखिएको छ ।

नागार्जुन नगरपालिका–४, सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा सुरु भएको प्रदर्शनी नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा रहेका साना उद्यमीको मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योगको प्रवर्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँका अध्यक्ष सीता कार्कीले पालिकास्तरमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताहरूको उत्साहजनक सहभागिताले उत्साहित बनाएको भन्दै आगामी दिनमा पनि स्थानीय निकायको सहकार्यमा यस्ता प्रदर्शनीलाई निरन्तरता दिइने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँका प्रमुख मेघनाथ रिजाल, महासङ्घ अन्तर्गत नागार्जुन नगर कमिटी प्रमुख उमा आचार्य, सङ्घका उपाध्यक्ष ईश्वरबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनीको सहआयोजकमा काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर सङ्घ, चन्द्रागिरि नगरपालिका तथा घरेलु नगर सङ्घ, टोखा नगरपालिका तथा घरेलु नगर सङ्घ, कागेश्वरी मनोहरा घरेलु नगर सङ्घ रहेका छन् । प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिएको छ ।

प्रदर्शनीमा काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाबाट उद्योगीहरूले सहभागिता जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार