असार २९, २०८२ आइतबार July 13, 2025

प्रचण्ड-ओली दूरी बढ्दै

हामी सरकारमा छँदै छौं भनेर हुन्छ ? : ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसद्मा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीचको दूरी बढ्दै गएको छ । सत्तारूढ दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पुनः कडा असन्तुष्टि पोखेका छन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच असमझदारी बढ्दै गएको स्रोतको भनाइ छ । सोही कारण बजेटलाई लिएर एमाले अध्यक्ष ओलीले पार्टीका सांसदलाई बजेटको विरोध गर्न निर्देशन दिएका छन् ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्दै यही अवस्थामा स्विकार्न नसकिने संकेत दिएका छन् । बजेटको विषयमा एक–दुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै उनले प्रश्न उठाएका छन् ।

ओलीले १ दुई जनाको मुख हेरेर वा हामी सरकारमा छौं भनेर सन्तोष नमान्ने टिप्पणी गरेका छन् । ‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?’ ओलीले भने ।

आफूहरू सरकारमा हुनुको कारण देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउन लागिपरेको उनले स्पष्ट पारेका छन् । ‘त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ,’ उनले भने । बजेट’बारे खुलेर छलफल गर्न र धारणा राख्न पनि ओलीले सांसदलाई निर्देशन दिए ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार