असार १०, २०८१ सोमबार June 24, 2024

तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य भने स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया