असार २९, २०८२ आइतबार July 13, 2025

कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

मन्त्रालयले जरिमाना नतिरी कुवेत छाडेर गएका व्यक्तिहरूले नयाँ प्रक्रिया अपनाएमा पछिको मितिमा स्वदेश फर्किन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कुवेतले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासीलाई देश छाड्न वा आफ्नो स्थिति अपडेट गर्न दिएको तीन महिनाको म्याद सकिएपछि पुनः थप गरेको छ । तीन महिनाको भिसा ‘एम्नेस्टी’ आइतबार सकिएको छ पनि यस अवधिलाई पुनः लम्ब्याएर ३० जुनसम्म पु¥याइएको कुवेतको गृह मन्त्रालयले जनाएको छ । तीन महिनाको अवधिमा स्वदेश फर्कनका लागि ३५ हजार बढीले निवेदन दिएका छन् ।

अझै समय थप गरेकाले यस समयमा कुवेतमा गैरकानुनी रूपमा बस्नेहरूले बिनाकागजात र जरिमाना देश छोड्न सक्छन् । कुवेतको गृह, उपप्रधान तथा रक्षा एवं आन्तरिक मामिलामन्त्री फहाद अल युसेफको निर्देशनमा यो म्याद थपिएको हो ।

यो ईद अल अजहाको आधिकारिक बिदाको साथमा आएको र रेसिडेन्सी कानुनको उल्लंघन गर्ने आप्रवासीहरू जो देश छोड्न वा आफ्नो स्थिति समायोजन गर्न चाहनेहरूका लागि म्याद थपिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जरिमाना तिर्न नसक्ने जो कोही स्वतन्त्र रूपमा र बिनाजरिमाना अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत देशबाहिर जान सक्छन् । मन्त्रालयले जरिमाना नतिरी कुवेत छाडेर गएका व्यक्तिहरूले नयाँ प्रक्रिया अपनाएमा पछिको मितिमा स्वदेश फर्किन पाउने बताएको छ । उल्लंघन गर्नेहरूलाई जरिमाना तिरेर त्यसलाई नियमन गर्ने नियन्त्रण र प्रक्रियानुसार आफ्नो स्थिति परिमार्जन गर्न अनुमति दिएको छ ।

आवास कानुन उल्लंघन गर्ने र माथि उल्लिखित अवधिभित्र आफ्नो स्थिति परिमार्जन नगर्ने वा देश नछाड्ने व्यक्तिहरूलाई कानुनी रूपमा तोकिएको दण्ड दिइने र बसोबास गर्न इजाजतपत्र नदिइने जनाएको छ । रेसिडेन्सी कानुनको उल्लंन गर्ने र माथि उल्लिखित अनुग्रह अवधिभित्र आफ्नो स्थिति परिमार्जन नगर्ने वा देश छोड्नेहरू कानुनी रूपमा तोकिएको दण्डको अधीनमा हुनेछन् ।

उनीहरूलाई बस्न अनुमति दिइनेछैन र देशबाट निकालिने र कालोसूचीमा राखिनेछ । कुवेत सरकारले दिएको यो आममाफीबाट १ लाख २० हजारभन्दा बढी कानुन उल्लंघन गर्ने विदेशीहरू लाभान्वित हुने बताइएको छ । गत वर्ष मन्त्रालयले स्वदेश फर्कन नपाउनेगरी ४२ हजार रेसिडेन्सी ऐन उल्लंघन गर्नेलाई देश निकाला गर्न सफल भएको थियो ।

कुवेत सरकारको यस निर्णयसँगै त्यहाँ गैरकानुनी रूपमा लुकिछिपी बसेका हजारौं नेपाली कामदार पनि लाभान्वित हुनेछन् । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् भने बाँकी चोरी डकैती, झैझगडाको र कानुन उल्लंघन गरेका कारण जेल परेका छन् । जेल सजाय सकिएपछि कुवेतले पुनः फर्कन नपाउनेगरी डिपोर्ट गर्दै आएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार