असार १२, २०८१ बुधबार June 26, 2024

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा आइतवार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए।

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया