काठमाण्डाैंः शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ७६ अङ्कले घटेर २ हजार ७६ दशमलव ४९ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ३ सय १८ वटा कम्पनीका ९५ लाख ४४ हजार कित्ता शेयर ४ अर्ब ५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै वरुण हाइड्रोपावर कम्पनीको ११ करोड २७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया