असार २९, २०८२ आइतबार July 13, 2025

बीवाईडीले करोडौं राजस्व छलेको आशंका, राजस्व अनुसन्धानले माग्यो कागजात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजस्व अनुसन्धान विभागले करोडौं रुपियाँ कर छलेको सूचनाका आधारमा बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकमाथि छानबिन अघि बढाएको छ।

विभागले बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका राजस्व सम्बन्धी सम्पूर्ण फाइलहरुका बारेमा अनुसन्धान थालेको हो। राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्सले ठूलो मात्रामा राजस्व छली गरेको भन्ने सूचना प्राप्त भएकाले छानबिन थालिएको बताउनुभयो। महानिर्देशक बुढाले साइमेक्ससँग विभिन्न कागजपत्र माग गरिएको जानकारी दिनुभयो।

चीनमा उत्पादन भई नेपालमा बिक्रीवितरण हुँदै आएको बीवाईडी विद्युतीय गाडी नेपालमा अहिले अत्यधिक बिक्री भइरहेको छ। नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले गाडी आयात र बिक्रीवितरण गर्दा विभिन्न शीर्षकमा ठूलो परिमाणमा कर छलेको अनुमान विभागको छ।

विभागका अनुसार साइमेक्सले माथिल्लो क्षमताको गाडी ल्याउने तर तल्लो क्षमताको विवरण देखाएर ठूलो मात्रामा कर छली गरेको अनुमान गरिएको छ । विभागले कर छली गरेको पाइएमा कडा कानुनी कारबाहीमा ल्याउने र सोही अनुसार आवश्यक जरिवाना गर्ने तयारी गरेको छ। साइमेक्स इंकले बीवाईडी विद्युतीय गाडी बिक्रीवितरणका लागि देशभर शोरुम तथा बिक्री केन्द्रहरू खोलेर कारोबार गरिरहेको पाइएको छ।

सबै कारोबारमा गोलमाल भइरहेको विभाग स्रोतको दाबी छ। राजस्व अनुसन्धान विभागले पछिल्लो समयमा कर छली गर्ने निकाय तथा संस्था माथिको छानबिन प्रक्रियालाई तीव्रता दिँदै आएको छ। राजस्व छली गर्नेमाथि विस्तृत छानबिन गरी कानुनको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने नीतिअनुसार अनुसन्धानलाई व्यापक पारिएको विभागका महानिर्देशक बुढाले बताउनुभयो। सो कम्पनीले कर छलेको विषयमा भन्सार विभागले समेत समिति बनाएर छानबिन गरिरहेको बताइएको छ।नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार