श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रौतहटको गरुडा नगरपालिकाको ७० करोडभन्दा बढीको बजेट प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा रौतहट । रौतहटको १८ स्थानिय तह मध्ये जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगसभाले ७० करोड बढीको बजेट पारित गरेको छ ।

बिहीवार सम्पन्न गरुडाको एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशनमा ७० करोड बढिको बजेट प्रस्तुत गरिएको हो ।

मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा उपमेयर पुनम चौधरीले आर्थिक वर्ष २०८१।०८२ को  लागि ७०  करोड  २० लाख ५९  हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेकी थिइन्।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, ससर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगायतबाट गरी उक्त बजेट पारित गरिएको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बताएका छन ।

शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर जैसवालले बताएका छन।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम, वडा  १ का वडा अध्यक्ष शेख वहाब, २ का अध्यक्ष कृष्णनन्दन सहनी,  ३ का अध्यक्ष अम्बिका सहनी, ४ का अध्यक्ष सुनिल कुमार जयसवाल, ५ का अध्यक्ष रामबाबु चौधरी, सम्पुर्ण कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार