असार १४, २०८१ शुक्रबार June 28, 2024

बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ’ : अध्यक्ष डा. भट्टराई

बूढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन बूढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने खतरा रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बूढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रुपमा बन्नै सक्दैन । प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।”
बूढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन बूढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “बूढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाकारुपमा बन्छ”, पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन ।”
उहाँले वर्तमान सरकारले पनि बूढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेकोसमेत बताउनुभयो । “मुख्य परियोजना बूढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ”, पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन् ।”
गोरखालाई विकास र समृद्धिको मोडलकारुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि केन्द्र सरकारले बिनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताउनुभयो । झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उहाँले बताउनुभयो ।
“गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहासिक पर्यटनको जुन बढी सम्भावना छ”, उहाँले भन्नुभयो, “यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?
२०८१ असार १४, शुक्रबार
जीवराज आश्रित बहुप्राविधिक शिक्षालयका विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने
२०८१ असार १४, शुक्रबार
उत्तर कोरियाद्वारा धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण
२०८१ असार १३, बिहिबार
निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन
२०८१ असार १३, बिहिबार
डेंगु संक्रमण रोक्न लामखुट्टेको लार्भा नष्ट गर्दै काठमाडौं महानगर
२०८१ असार १३, बिहिबार
एउटै स्कुल मदरल्याण्ड माविबाट १० सहित पोखरा महानगरका २१ विद्यार्थीले ल्याए ४ जिपिए
२०८१ असार १३, बिहिबार
सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
२०८१ असार १३, बिहिबार