असार १९, २०८२ बिहिबार July 3, 2025

राजनीतिमा बढेको आपराधीकरणले समस्याः डा कोइराला

“राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ, यसलाई निर्मुल पार्नुपर्छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, ८ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गर्नुभएको छ । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उहाँले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

उहाँले भत्रुभयो, “राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ, यसलाई निर्मुल पार्नुपर्छ ।” आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उहाँको भनाइ थियो ।

भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको जिकिर गर्दै उहाँले राजनीतिकले नै भ्रष्टाचारलाई प्रसय दिएको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने बताउनुभयो । उहाँले सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस नलाग्ने पनि स्पष्ट पार्नुभयो ।

नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताउनुभयो । उहाँले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, मुस्लिम सङ्घका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?
२०८२ असार १९, बिहिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार