असार २१, २०८२ शनिबार July 5, 2025

लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी

कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार ९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।

यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि अर्याल स्वतः पदमुक्त हुनुभएको छ । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार