श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै-भरतपुर उडान गर्ने

अब श्री एअरलाइन्सले पनि भरतपुरमा उडान गर्ने तयारी थालेकाले प्रतिस्पर्धाका कारण भाडा घट्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एअर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक हप्तापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गएको हप्ता एअरले काठमाण्डौ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो ।

बस्नेतका अनुसार जहाजले काठमाण्डाैबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाण्डाै जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।

बुद्ध एअरको मात्रै उडान हुँदा काठमाण्डौ-भरतपुर भाडा महँगो भएको गुनासो आइरहेको बेला अब श्री एअरलाइन्सले पनि भरतपुरमा उडान गर्ने तयारी थालेकाले प्रतिस्पर्धाका कारण भाडा घट्ने अनुमान छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया