असार १४, २०८१ शुक्रबार June 28, 2024

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी

सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनियानी (झापा), १० असार :  झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा  करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ ।
पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो ।

“बहुवर्षे योजनाअनुसार सडक निर्माण  भइरहेको छ”, उहाँले भन्नुभयो, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उहाँले बताउनुभयो ।

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् ।
‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिनुभयो । “सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।”

सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ कराड ५० लाखमा ठेक्का लिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली (अन्तवार्ता)
२०८१ असार १४, शुक्रबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
२०८१ असार १४, शुक्रबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
२०८१ असार १४, शुक्रबार
महानगरमा विपी- पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप
२०८१ असार १४, शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
२०८१ असार १४, शुक्रबार
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत
२०८१ असार १४, शुक्रबार
अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य
२०८१ असार १४, शुक्रबार