असार १४, २०८१ शुक्रबार June 28, 2024

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चोक। गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।

मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली (अन्तवार्ता)
२०८१ असार १४, शुक्रबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
२०८१ असार १४, शुक्रबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
२०८१ असार १४, शुक्रबार
महानगरमा विपी- पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप
२०८१ असार १४, शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
२०८१ असार १४, शुक्रबार
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत
२०८१ असार १४, शुक्रबार
अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य
२०८१ असार १४, शुक्रबार