असार १४, २०८१ शुक्रबार June 28, 2024

रुपामा ‘मौरी घार समृद्धिको आधार’ कार्यक्रम

‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । कास्की जिल्लाको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ ।

‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताए ।

‘एक घर एक मौरी घार’ कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ । रुपा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि एक घर एक घार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

किसानलाई न्यूनतम मूल्यमा घार वितरण गरी रुपाका सबै घरलाई एक घर एक घार अभियानमा जोडेर आगामी वर्षमा कम्तीमा २५ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनले भने, “मह उत्पादन वृद्धि गरी रुपालाई मौरी पालनको हब बनाउने र यहाँ उत्पादित महलाई ब्रान्डिङ गरी बजारीकरणको उचित व्यवस्थापन गर्नेछौँ ।” बजेट कार्यक्रममा कटहर खेतीलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गर्ने, किसानको खेतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको उपाय खोजी गर्ने, युवालाई उद्यमी बनाई स्वरोजगार बनाउनेलगायतका रहेका छन् ।

यसैबीच उक्त गाउँपालिकाले आगामी आव २०८१/०८२ का लागि रु. ४६ करोड ७६ लाख ८२ हजारको बजेट कार्यक्रम ल्याएको छ । गाउँपालिका उपाध्यक्ष गुरुङले पालिकाले कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए ।

गाउँपालिकाले ल्याएको बजेटमा चालुतर्फ रु. ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ रु १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ ।
बजेटमा ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष गुरुङले बताए ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु एक करोड बजेट छुट्टाइएको छ । रुपाकोट अस्पताल भवन निर्माणका लागि रु ५० लाख, गाउँपालिकाको वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो स्तरोन्नतिका लागि रु. दुई करोड ९० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले आवका लागि आर्थिक विकासतर्फ रु. तीन करोड ८९ लाख ६२ हजार, सामाजिक विकासतर्फ रु. २३ करोड ३० लाख, पूर्वाधार विकासतर्फ रु. १० करोड ५० लाख, कृषि तथा पशु सेवाका लागि रु. दुई दुई करोड ३२ लाख ६२ हजार विनियोजन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली (अन्तवार्ता)
२०८१ असार १४, शुक्रबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
२०८१ असार १४, शुक्रबार
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
२०८१ असार १४, शुक्रबार
महानगरमा विपी- पुष्पलालको नाममा कार्यक्रम मागेर नगरसभा रोकेको बालेनको आरोप
२०८१ असार १४, शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने
२०८१ असार १४, शुक्रबार
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत
२०८१ असार १४, शुक्रबार
अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य
२०८१ असार १४, शुक्रबार