असार २९, २०८२ आइतबार July 13, 2025

सरुवामा आर्थिक चलखेल बढेपछि कडाइ, मापदण्ड नबनेसम्म सबै सरुवामा रोक

सचिव बैठकको निर्णयसँगै सामान्य प्रशासन मन्त्रालयले गर्न लागेको सबै सरुवा रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले त्यसमा कडाइ गरेको छ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ। केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नवाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९\८० मा मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा अधिकांश सरुवा नियमविपरीत गरेको पाइएको छ।

निजामती सेवा नियमावली २०५० अनुसार मन्त्रालयले हरेक महिनाको भदौ महिनामा मात्रै कर्मचारी सरुवा गर्न पाउँछ। तर, पछिल्ला महिनामा सामान्य प्रशासन मन्त्रालयले नियमावलीको धज्जी उडाउँदै मनपर्दी सरुवा गर्दै आएको थियो। कतिपय सरुवामा आर्थिक लेनदेनसमेत भएको आरोप लाग्दै आएको थियो ।

सचिव बैठकले कर्मचारी सरुवालाई व्यवस्थित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै मापदण्डको मस्यौदा बनाएर आगामी २५ असारभित्र सबै सचिवहरू/प्रदेशका प्रमुख सचिवहरूलाई पठाउने निर्णयसमेत गरेको छ। सचिव बैठकको सो निर्णयसँगै सामान्य प्रशासन मन्त्रालयले गर्न लागेको सबै सरुवा रोकेको छ। साथै अन्य सबै मन्त्रालय तथा निकायलाई पनि कर्मचारी सरुवा रोक्न सचिव बैठकले निर्देशन दिने निर्णय गरेको छ।

यसो त यसअघि पनि विभिन्न समयमा सरुवासम्बन्धी मापदण्ड र निर्देशिका बन्दै आएका थिए तर ती सबै मापदण्ड र निर्देशिकाहरू निष्प्रभावी बनेका थिए। यसपटक बन्न लागेको मापदण्ड भने निष्प्रभावी नहुने विश्वास गरिएको छ। केही समयअघिसम्म सरुवामा ब्रिफकेस आतंकसमेत मच्चिने गरेको थियो। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार