श्रावण ६, २०८२ मंगलबार July 22, 2025

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ रहेको छ । यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ७७ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९९ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया