असार १६, २०८१ आइतबार June 30, 2024

कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल

इतिहासमा गर्व गरेर मात्रै पुग्दैन, इतिहास निर्माणका काममा पानि हामीले योगदान दिन आवश्यक छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संगीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अंग भएको बताएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताए।

उनले नेपालका मौलिक कला तथा सांस्कृतिक विविधतालाई संरक्षण गर्दै नवीन विशेषता जोड्दै जानुपर्ने आवश्यकता औँल्याए। ‘नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले धरोहरका रूपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्’, राष्ट्रपति पौडेलले भने, ‘देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यिनमा नवीन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो।’

हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्दै उनले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरे। ‘संस्कृति नेपालीहरूको जीवनशैली र पहिचान पनि हो। त्यसैले इतिहासमा गर्व गरेर मात्रै पुग्दैन, इतिहास निर्माणका काममा पानि हामीले योगदान दिन आवश्यक छ’, राष्ट्रपति पौडेलले भने।

सरकारले प्रतिष्ठानद्वारा श्रष्टाको सम्मान गर्दै आएकोमा खुसी व्यक्त गर्दै स्रष्टाको सम्मान गर्ने परिपाटीले सम्पूर्ण संस्कृति र सिर्जनाको सम्मान गरिएको राष्ट्रपति पौडेलको भनाइ थियो। उनले स्रष्टा सम्मान परम्परालाई नयाँ पुस्ताले अनुशरण गर्दै जानुपर्ने समेत सुझाव दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक हितबहादुर तामाङले नेपालको विविधतायुक्त सांस्कृतिक धरोहर र कलात्मक सम्पदाले पहिचानमा विशिष्टता प्रदान गर्ने बताए। उनले भौतिक सम्पदासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए। ‘हामीले हाम्रो संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्न सदैव तयार रहनुपर्छ’, मन्त्री तामाङले भने, ‘यसर्थ नेपाल सरकारले पनि कला, संस्कृति र साहित्यको प्रोत्साहन र संरक्षणमा विशेष ध्यान दिएको छ। यसका लागि सरकार सधैं प्रतिबद्ध छ।’ उनले संगीत, नाटक र नृत्य क्षेत्रले हाम्रो समाजलाई एकजुट गर्न र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे।

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट छजना स्रष्टा पुरस्कृत भएका छन्। रंगमञ्च विधाबाट हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट चन्दनकुमार श्रेष्ठ, संगीत विधाबाट तारा थापा, लोक संगीत विधाबाट बोमबहादुर कार्की, नाट्य विधाबाट गोपाल देवान र नृत्य विधाबाट जोगेन्द्र केसी पुरस्कृत भएका हुन्। उनीहरूलाई जनही रु एक-एक लाख र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्सेमा दोहोरो अंकको गिरावट
२०८१ असार १६, आइतबार
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार