असार १६, २०८१ आइतबार June 30, 2024

टोखाले मृतकका परिवारलाई किरिया खर्च दिने

सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत रु पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार