श्रावण ४, २०८२ आइतबार July 20, 2025

युरोकप : नकआउट चरणको समीकरण पूरा – ८ देश बाहिरिए

नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जारी युरोकपको नकआउट चरणको समीकरण पूरा भएको छ। २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन्।

जसमा हरेक समुहका समूह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन्। जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन्।

त्यस्तै समूह बी बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन्। त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन्। त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ। यस समूहबाट सर्बिया बाहिरिएको छ।

त्यस्तै समूह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नक आउटमा पुगेको छ। त्यस्तै नेदरल्याण्डस तेस्रो हुँदै नक आउटमा पुगेको छ। त्यसैगरी समूह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नक आउटमा पुगेको छ।

त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नक आउटमा पुगेको छ।

अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ। त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ।

त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ। त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ।

नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार