असार १६, २०८१ आइतबार June 30, 2024

वाइडबडी इटालीमा अलपत्र, को जिम्मेवार ?

अध्यक्षसहित पाँच जनालाई तोकिएको काम गर्न वञ्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी (ए३३०) जहाज इटालीको नेपल्समा अलपत्र परेको छ। २२ जुन, २०२४ (शनिबार, असार ८) गते इटाली लगिएको नाइनएन–एएलवाई जहाज नेपल्सस्थित एटिटेक एसपीएमा पुर्‍याइएको हो।

तर, निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिबिना इटाली लगिएको भन्दै अध्यक्षसहित पाँच जनालाई तोकिएको काम गर्न वञ्चित गरेको छ।

हरेक दुई वर्षमा निगमको ए३३० विमानहरूको नियमित मर्मत (सी चेक) गर्नुपर्ने हुन्छ। त्यसै सिलसिलामा जहाज इटाली पुर्‍याएको निगम बताउँछ। प्राधिकरण र निगमबीचको असमझदारीका कारण वाइडबडी जहाज इटालीमा अलपत्र परेको छ। २६ जुनसम्म उडान गर्न सक्ने लक समय हुँदाहुँदै २२ जुनमा लगेर इटालीमा जहाज थन्काइएको निगम स्रोत बताउँछ। निगमको जिम्मेवार निकायले काम नगर्दा जहाज अलपत्र भएको स्रोतको भनाइ छ।

‘लापरबाहीका कारण हाल निगमको जहाज न कुनै आधिकारिक सम्झौता गरिएको संस्था, न कुनै स्वीकृत प्राप्त निकाय वा कुनै विमानस्थलमा रेखदेखमा नरही कुनै अमुक संस्थाको ह्यांगरमा १२ अर्ब मूल्य पर्ने जहाज अलपत्र अवस्थामा रहेको छ।’ ती स्रोतले भने। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमले नियम पूरा नगरी जहाज इटाली पुर्‍याएको बताएका छन्।

‘नागरिक उड्डयन नियमावली २०५८ मा भएको व्यवस्थाबमोजिम प्राधिकरणबाट जहाज सञ्चादन अनुमति (एओसी) प्राप्त भएको वायुसेवा कम्पनीले आफ्नो कुनै वायुयानको कुनै पनि चेकजाँच गर्दा कुन जहाजको के चेक गर्ने भन्ने पनि प्राधिकरणको स्वीकृति लिनुपर्ने र एयरक्राफ्ट मेन्टेनेन्स अर्गनाइजेसन (एएमओ)ले पनि प्राधिकरणबाट अनुमति लिनुपर्छ।’ उनले भने। निगमले न सी चेकको अनुमति लिएको छ न त एएमओका लागि स्वीकृति लिएको छ भन्दै भुलले निगमले प्राधिकरणलाई झुट बोलेर दुबईको नियमित उडान लान्छु भन्दै सी चेकका लागि इटाली पुर्‍याएको बताए। एएमओ गर्ने कम्पनी सी चेकका लागि लायक छ कि छैन भन्ने पनि प्राधिकरणले हेरी स्वीकृति दिएपछि मात्र जहाज जिम्मा दिनुपर्ने नियम छ।

तर, निगम भने प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै पनि प्राधिकरणको गैरजिम्मेवारीका कारण समस्या उत्पन्न भएको विज्ञप्तिमार्फत जनाएको छ। हरेक दुई वर्षमा गर्नुपर्ने निगमको ए३३० विमानहरूको नियमित मर्मत (सी चेक) गर्न कम्पनी छनोट गर्नका लागि १३ फेबु्रअरी, ३० मार्च, १७ मे र ३ जुन, २०२४ गरी पटक–पटक टेन्डर आह्वान गरेको जनाएको छ। प्रतिस्पर्धाको आधारमा इटालीको नेपल्सस्थित एमआरओ एम÷एस एटिटेक एसपीए मर्मत कम्पनीलाई छनोट गरिएको बताइएको छ।

सो सम्बन्धमा प्राधिकरणलाई जानकारी गराइएको र अनुमतिका लागि प्रक्रियामा रहेको बताइएको छ। प्राधिकरणबाट अनुमति आउन ढिला भएपछि प्राप्त मेन्टेनेन्स स्लटअनुसार काम गर्न ईयूको नियमानुसार फेरि फ्लाइट्स फर मेन्टेनेन्स ओन्ली भनेर दुबईबाट इटाली पुर्‍याइएको निगमले स्पष्ट पारेको छ।

निगमको लापरबाहीका कारण देखाउँदै अध्यक्ष युवराज अधिकारी, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वारचन, जहाज उडाएर लाने क्याप्टेनहरू महेश्वरमान डंगोल र रमण घिमिरे र एयर बर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई अर्को निर्णय नभएसम्म तोकिएको काम गर्न नमिल्ने गरी कारबाही गरेको छ। अब जहाजका सन्दर्भमा के हुने पनि पनि अन्योल देखिएको छ। अन्नपूर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार