असार १६, २०८१ आइतबार June 30, 2024

खाम्चेलिङमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फिदिम, असार १३ गते । पाँचथरको याङवरक-४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्व भएको छ । थर्पुस्थित खाम्चेलिङ डाँडाको चट्टान पहिरो बनेर बग्दा यो राजमार्ग अवरुद्व भएको हो ।

खाम्चेलिङमा वुधबार राती पहिरो गएको थियो । उक्त सडकको ओयाम फलैंचा खण्ड अन्तरगत याङवर २ फलैंचामा गएका पहिरोका कारण उक्त सडक ११ दिनसम्म अवरुद्व भएको थियो । उक्त सडकको पहिरो ११ दिन लगाएर असार १२ गते पन्छाइए पनि पुनः थर्पुमा गएको पहिरोले सडक अवरुद्व भएको हो ।

“सडकको १५-२० मिटर माथि देखि खसेको चट्टान सडकमा थुप्रेको छ, ठुलो पहिरो गएका कारण पन्छाउन समय लाग्छ,सडक खुल्न कम्तिमा ७ दिन लाग्नसक्छ,” गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबोले भन्नुभयो ।

पहिरोका कारण याङवरक गाँउपालिका वडा नम्वर १,२ र ३ का नागरिकलाई पालिका केन्द्रसम्म आउन सकेका छैनन । यस्तै त्यस स्थानसम्म दैनिक उपभोग्य वस्तु लैजान पनि समस्या भएको छ । खोम्चेलिङ पहिरोको क्षतिको प्रमूख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला,प्रहरी नायव उपरिक्षक हेमन्तवहादुर क्षेत्री,गाउँपालिका अध्यक्ष भिमबहादुर योङया, उपाध्यक्ष बाबा मेन्याङवो र प्रमूख प्रशासकीय अधिकृत स्काइ पोखरेल लगायतले निरिक्षण गर्नुभएको छ ।

यसैबिच, असार २ गतेदेखि जारी वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका ६४ घर परिवारका करिब ३ सय नागरिकलाई प्रारम्भिक राहत दिइएको छ । याङवरक गाउँपालिका र रेडक्रस सहितका संस्थाले विस्थापित परिवारका लागि चामल,पाल,नुन,तेल र दाल लगायतका सामग्री उपलव्ध गराएको हो ।

जनप्रतिनिधि र कर्मचारीले ओयाम पुगेर यत्तिका सामग्री उपलब्ध गराएको याङवरक गाउ‘ पालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार याङवरक २ र ३ मा मात्रै बाढी पहिरोका कारण ९४ घर परिवार विस्थापित भएका छन् ।

वडा नम्वर ३ मा ५२ र वडा नम्वर २ मा ४२ घरका परिवार विस्थापित भएको उहाँले बताउनुभयो । याङवरक ३ ओयाम र वडा नम्बर २ फलैंचाका पुरै र वडा नम्वर १ च्याङथापुका केहि स्थान पहिरोको जोखिममा छन् ।

पहिरोका कारण विस्थापित परिवारलाई आफन्त र नजिकका सुरक्षित वस्तीमा सारिएको छ । खोलामा आएको बाढीले ओयाम –च्याङथापु खण्डमा सोहि राजमार्गका ओयाम र फलाम खोलाका पुल बगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार