असार १६, २०८१ आइतबार June 30, 2024

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

२२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।

परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ ।

त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने । उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ । भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ । २२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार