श्रावण ४, २०८२ आइतबार July 20, 2025

रौतहटमा बर्थिङ सेन्टर निर्माण हुँदै, सुत्केरी गराउन बाहिर जान नपर्ने

आर्थिक वर्षको लगत्तै पुनः नगरपालिकाबाट आउने थप बजेटबाट भवन निर्माण सुरू गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रौतहटको कटहरिया नगरपालिका-८ पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण सुरू भएको छ।

कटहरिया नगरपालिकाको लगानीमा वडास्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ बीचमा दुवै गाउँका मानिसलाई पायक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरू भएको हो।

वडा ८ का अध्यक्ष समिसविक्रम साहले ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भइरहेको जानकारी छन्।

यस आर्थिक वर्षको लगत्तै पुनः नगरपालिकाबाट आउने थप बजेटबाट भवन निर्माण सुरू गरिने साहले जानकारी दिएका छन्।

यसैबीच, कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीबार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न वडाध्यक्ष साह तथा निर्माणमा कार्यरत् मिस्त्रीलाई निर्देशन दिएका छन्।

वाल निर्माणपछि आर्थिक वर्षको पहिलो चरणमै नगरपालिकाबाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्षभित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाएका छन्।

बर्थिङ सेन्टर सञ्चालन पछि पिप्रा पोखरिया र बालुवा गाउँका सयौं महिलाले सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झटबाट छुटकारा पाउने साहले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार