असार १६, २०८१ आइतबार June 30, 2024

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश लोहनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनीलाई बढुवा गरेको छ ।

सञ्चालक समितिको २०८१/०३/०९ को निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

०५१ सालमा कम्युटर प्रोग्रामर (तह७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पुरा गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया