असार १६, २०८१ आइतबार June 30, 2024

एउटै स्कुल मदरल्याण्ड माविबाट १० सहित पोखरा महानगरका २१ विद्यार्थीले ल्याए ४ जिपिए

कास्कीबाट साधारणतर्फ कूल ९ हजार ९ सय ८० मध्ये ७ हजार ७७ जना उत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, असार १३ गते ।  माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०८० को नतिजामा पोखराबाट एउटै स्कुल मदरल्याण्ड माविबाट १० जनासहित पोखरा महानगरमा २१ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।

पोखरा मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट भएको विद्यालयका निर्देशक नारायण बरालको दाबी छ । ४ जिपिए ल्याउनेमा मदरल्याण्डका कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन् ।

त्यस्तै डिज्नी ल्याण्ड बोर्डिङ स्कुलबाट ३ जनाले ४ जिपिए ल्याएका छन् । जसमा सृष्टि भण्डारी, स्मृति लम्साल र सृष्टिना पौडेल छन् । त्यसैगरी गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । जसमा आयुष पराजुली र ओजश्वी शर्मा रहेका छन् ।

त्यसैगरी ४ जिपिए  ल्याउनेमा नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित सैनिक आवासीय महाविद्यालयबाट आयुष उपाध्याय, एसोएस गण्डकीकाका सचेत सुवेदी, नेश्नल इन्भेन्टीभका विशाल खत्री, शान्ती निकेतनकी अदिती पराजुली, बालोदयकी सभ्यता लामिछाने र सृजना बोर्डिङ स्कूलका आयुष खड्का रहेका छन् ।

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यका अनुसार कास्कीमा समग्रमा सन्तोषजनक नतिजा आएको बताउनुभयो । जिपिए ४ ल्याउनेमा पोखरा महानगरका संस्थागततर्फका ९ वटा विद्यालय रहेका छन् । कास्कीबाट साधारणतर्फ कूल ९ हजार ९ सय ८० मध्ये ७ हजार ७७ जना उत्तीर्ण भएका छन् भने  २ हजार ९ सय ३ जना एनजी र एब्सेन्टमा पारेका छन् ।

त्यस्तै प्राविधिक तर्फ २१९ जनामध्ये १२१ जना उत्तीर्ण भएका छन् । ९८ जनालाई एनजी एब्सेन्ट (४४.७५ प्रतिशत) लागेको छ । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
२०८१ असार १६, आइतबार