असार १६, २०८१ आइतबार June 30, 2024

विदेशमा रहेका नेपालीको हकहितमा विशेष ध्यान दिनुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ

प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १३ गते। उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजदूतलाई विदेशमा रहेका नेपालीको हकहित र सुरक्षामा विशेष ध्यान दिन निर्देशन गर्नुभएको छ।

विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भएर काम गर्न निर्देशन दिनुभएको हो।

सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतलाई आग्रह गर्नुभयो।

वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने बताउनुभयो।

सरकारले गत वैशाखमा गरेको तेस्रो लगानी सम्मेलनको स्मरण गराउनुुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सम्मेलनमा सहभागी लगानीकर्तासँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनालाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगले निरन्तर लाग्नुपर्ने हुन्छ।’’

मुलुकको आर्थिक-सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उहाँले स्पष्ट पार्नुभयो।

विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘नेपालका निर्यात योग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहचान गर्न, सम्भाव्य लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु।’’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्सेमा दोहोरो अंकको गिरावट
२०८१ असार १६, आइतबार
सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
२०८१ असार १६, आइतबार
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार