असार १६, २०८१ आइतबार June 30, 2024

अर्जुननरसिंह केसीको कवितामार्फत सरकारलाई व्यङ्ग्य

सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेता केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।

केसीले संसदमा वाचन गरेको कविता :

न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।

सांसद संसदमा बोल्छन् सम्बोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो, डर हो किन ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया