असार १६, २०८१ आइतबार June 30, 2024

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए।

यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो ।

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया