असार १७, २०८१ सोमबार July 1, 2024

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सबै प्रक्रिया रद्द

अन्तरवार्ताका लागि दुई जना मात्रै उपस्थित भएपछि छनोट प्रक्रिया विवादित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्ततः रद्द भएको छ । अर्थ मन्त्रालयले सूचना निकालेर अध्यक्षको नाम सिफारिश गर्न अहिलेसम्म सम्पन्न गरिएका छनोटसम्बन्धी सबै प्रक्रिया रद्द गरिएको जनाएको छ । मन्त्रालयले रद्द हुनुको कारण भने उल्लेख गरेको छैन ।

बोर्डको अध्यक्ष सिफारिश गर्न गठित समितिले असार पहिलो हप्ता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीका मुक्तिनाथ श्रेष्ठ, सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की गरी पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो ।

पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिश गर्ने योजना थियो । तर अन्तरवार्ताका लागि दुई जना मात्रै उपस्थित भएपछि छनोट प्रक्रिया विवादित बनेको हो ।

धितोपत्र बोर्ड ऐन २०६३ ले बोर्ड अध्यक्षका लागि सिफारिश समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्र बजारको नियमन गर्ने निकाय धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले चार महिनाअघि प्रक्रिया शुरु गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया