असार १७, २०८१ सोमबार July 1, 2024

रामेछापमा बस दुर्घटना : चालकसहित ८ जना घाइते, तीन जनाको अवस्था गम्भीर

दुर्घटनामा घाइते भएकाहरूको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।

लिखु तामाकोशी–६ को गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ५६२४ नम्बरको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको ताथा गम्भीर भएकाहरूलाई काठमाण्डौ पठाइएको छ ।

बसमा २५ जना सवार रहेका प्रहरीले जनाएको छ । प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया