असार १६, २०८१ आइतबार June 30, 2024

रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्बजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध भइरहेको छ ।

उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।

आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ ।

तर महामन्त्री ढकालले आफुलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्-‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया