असार १८, २०८१ मंगलबार July 2, 2024

भीषण वर्षासँगै खसेको पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ। गए राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन्।

कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अवरुद्ध भएको छ।

पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया