श्रावण ५, २०८२ सोमबार July 21, 2025

पहिरोपीडितलाई आर्थिक सहयोग

पीडित परिवारलाई सङ्घीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गल्याङ (स्याङ्जा), असार १५ गते । पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गरेको छ । गएराति फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगेर आर्थिक सहयोग प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई सङ्घीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रहरी उपरीक्षक शर्माले पीडित परिवारलाई थप सहायता रकम प्रदान गरिने जानकारी दिँदै  आमाछोरीको शव परीक्षणपछि उनीहरूका आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । पहिरोले ढुङ्गा, माटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको थियो । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया