असार १७, २०८१ सोमबार July 1, 2024

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।

आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको एकीकृत समाजवादीका एक नेताले बताएका हुन् । पार्टी महासचिव घनश्याम भुसालका अनुसार, भृकुटी मण्डपमा भेला भई ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ।

महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी सहभागी हुने भुसालको दाबी छ । महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ। सो मापदण्ड प्रभावकारी रूपमा फलो हुने महासचिव भुसालको भनाइ छ।

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने गाईँगुईँ हल्ला चलेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने
२०८१ असार १७, सोमबार
गण्डकी प्रदेशसभाबाट बजेट पारित
२०८१ असार १७, सोमबार
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
२०८१ असार १७, सोमबार
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
२०८१ असार १७, सोमबार
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी
२०८१ असार १७, सोमबार
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
२०८१ असार १७, सोमबार
नेकपा एसको दशौं महाधिवेशन : झलनाथ खनालकाे नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन
२०८१ असार १७, सोमबार