असार १८, २०८१ मंगलबार July 2, 2024

भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक : पूर्व प्रधानमन्त्री भट्टराई

सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १५ गते। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताउनुभयो। उहाँले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताउनुभयो। उहाँले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताउनुभयो।

उहाँले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताउनुभयो। उहाँले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो। हामी हाम्रो जैविक, वातावरणीय रुपले पछाडि परेका छैनौँ। नेपाल समृद्ध बन्नसक्छ। शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्छ। नेपालको जुन एउटा बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो यो नेपालको मौलिकता हो भन्नेकुरालाई पनि स्वीकार्नुपर्छ।’’

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताउनुभयो। नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने उल्लेख गर्नुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया