श्रावण ४, २०८२ आइतबार July 20, 2025

विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

अब नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। शनिबार राति भएको विश्वकपको फाइनल खेललगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन्।

“यो मेरो अन्तिम टी–२० विश्वकप थियो र हामीले चाहेजस्तै कुरा हासिल गर्न सफल भएका छौँ,” जितपछि कोहलीले भने, “यो उत्कृष्ट खेल थियो । टिमलाई सबैभन्दा धेरै आवश्यक रहेको बेला आफ्नो कर्तव्य पूरा गर्न सकेकोमा निकै खुसी छु । भारतका लागि यो मेरो अन्तिम ट्वान्टी–२० खेल हो । अब नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने समय हो ।”

विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले १७ वर्षपछि विश्वकपको उपाधि जितेको थियो।

उक्त खेलमा कोहली प्लेयर अफ दी म्याच पनि घोषित भए। दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार