असार १८, २०८१ मंगलबार July 2, 2024

डेनमार्कलाई २–० ले हराउँदै जर्मनी युरो कपको क्वाटरफाइनलमा

जर्मनीले अन्तिम ८ मा स्पेनसँग खेल्ने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः घरेलु टोली जर्मनी जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ। अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० ले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो।

डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीका लागि काइ हाभर्ट्ज र जमाल मुसियालले गोल गरेका थिए । जर्मनीले अन्तिम ८ मा स्पेनसँग खेल्ने सम्भावना छ।

निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए। जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै गोलले मान्यता पाएन।

त्यसको ५ मिनेट नबित्दै एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो। हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीलाई अघि बढाए । त्यसपछि मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जित पक्का गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया