असार २९, २०८२ आइतबार July 13, 2025

लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी

असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् ।

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले जेठ २९ र कम्पनी रजिस्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुवै संस्था एक भएपछि ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुने बताइएको छ । यस्तै राष्ट्र बैङ्कले जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । अन्तिम स्वीकृति पाएसँगै ती दुवै कम्पनीले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा रजिस्टर्ड कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र लम्कीचुहा नगरपालिका–४, कैलालीमा रजिस्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तीय संस्थाबिच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैङ्कले गत जेठ २९ गते ‘घ’ वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्नेगरी अन्तिम स्वीकृति दिएको हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार