असार १८, २०८१ मंगलबार July 2, 2024

धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी

आफ्नै पहलमा धनकुटामा बजेट आएकोले खानेपानी समस्या अब समाधान हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनकुटा  । आर्थिक वर्ष २०८१/८२ का लागि धनकुटा जिल्लाको विकासमा संघीय सरकारले ७ अर्ब ६५ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको खानेपानीमन्त्री राजेन्द्र कुमार राईले बताउनु भएको छ।

प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिनुभएको हो। विनियोजित बजेटमध्ये सबैभन्दा धेरै खानेपानी मन्त्रालयबाट २ अर्ब ४० करोड छुट्टाइएको छ। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २ अर्ब १० करोड, शिक्षा, विज्ञान तथा प्रविधि र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ७०/७० करोड विनियोजन गरिएको छ।

मन्त्री राईका अनुसार यो बजेटले धनकुटाको समग्र विकासमा उत्साहजनक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उहाँले स्थानीय जनता र सञ्चारकर्मीहरूलाई यसको सदुपयोगमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

आफू मन्त्री भएपछि धनकुटाको विकासमा प्रयत्नशील रहेको बताउँदै मन्त्री राईले आफ्नै पहलमा धनकुटामा बजेट आएको बताउँदै धनकुटामा रहेको खानेपानी समस्या अब समाधान हुने बताउनु भयो। पहिल्यैदेखि सरकार फेरबदलले समस्या भइरहेकोले काम गर्न समस्या भइरहेको भएपनि अब त्यस्तो नहुने मन्त्री राईले बताउनुभयो।

खानेपानी आयोजनाको काम सडक, पुल निर्माण जस्तो आधा बनाएर सञ्चालन गर्दै गर्ने जस्तो नभएकाले पुरै काम सकेर सञ्चालनमा आउन केही समय लाग्ने मन्त्री राईको भनाइ छ । धनकुटामा विनियोजित बजेटले विशेषगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा टेवा पुग्ने मन्त्री राईले बताउनुभयो। यद्यपि, यसको वास्तविक प्रभाव कार्यान्वयनमा भर पर्ने देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया