असार १८, २०८१ मंगलबार July 2, 2024

नेप्सेमा दोहोरो अंकको गिरावट

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार २१० कित्ता शेयर कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८३ अङ्कले घटेर दुई हजार ३७. ०९ विन्दुमा कायम भएको छ ।

आज विभिन्न ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य ७. ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५. ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९. ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार १५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार २१० कित्ता शेयर कारोबार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया