असार १९, २०८१ बुधबार July 3, 2024

नेकपा एसको महाधिवेशनमा आजबाट बन्दसत्र शुरु हुँदै

महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्द सत्रमा  राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने छ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्द सत्रमा प्रतिनिधिबिचमा दस्ताबेज माथि छलफल गरिने जानकारी दिनुभयो ।

महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्  । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया