असार १९, २०८१ बुधबार July 3, 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको छ ।

उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । अध्यक्ष ओलीसँग शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घण्टा बालकोटमा भेटवार्ता गर्नुभएपछि राजनीतिमा त्यसको अनेक अर्थ लगाइदैछ ।

देउवा र ओलीबीचको भेटवार्तालाई कतिपयले सत्ता समिकरणसँग जोडेर व्याख्या गरेपनि सत्तापक्षले त्यसलाई अस्वीकार गरेको छ । त्यसै विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो भेटवार्ता भएको थियो ।

यसैबीच नेपाली कांग्रेसले आज दिउसो पदाधिकारी बैठक बोलाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया